किरात येले संवत् ५०८५ काे अवसरमा किरात राई यायाेक्खा सुनसरीले धरानकाे चिन्डेडाँडाबाट ८५ वटा बेलुन उडाएकाे छ ।
किरात येले संवत् ५०८५ काे पहिलाे दिन माघ १ गते चिन्डेडाँडाबाट बेलुन उडाइएकाे हाे ।
चिन्डेडाँडामा हाल धरानका मेयर हर्क साम्पाङकाे नेतृत्वमा सुम्निमा पारुहाङकाे प्रतिमा सहितकाे पार्क बनाउने काम अघि बढाइएकाे छ ।
साे अवसरमा किरात राई यायाेक्खाका केन्द्रीय सदस्य मानभगत चाम्लिङले नेपालकै प्राचीन संवत् किरात येले संवत्लाई राज्यले मान्यता दिनुपर्ने बताए ।
उनले येले संवत्लाई राज्यले मान्यता नदिए किरात समुदाय आन्दोलन गर्न तयार हुनुपर्ने बताए ।
यायाेक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राइले किरात येले संवत् नेपालकाे माैलिक संवत् भएकाेले उक्त संवत्लाई स्थापित गराउने अभियानका साथ बेलुन उडाइएकाे बताए ।