नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँच बुँदे माग राखी गरिरहेको आन्दोलन १०औं दिन पनि जारी राखेको छ  ।

महासंघले फागुन १९ गते सोमबारदेखि काठमाडौंको माइतिघर मण्डलामा धर्ना दिइरहेको छ ।

१० दिनदेखि धर्नामा बस्दै आए पनि सरकारले बेवास्ता गरेको भन्दै पिछडावर्ग महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले अब कडा आन्दोलन गर्न राज्यले बाध्य पारिरहेको बताए ।

‘हाम्रा जायज मागहरूप्रति राज्यले पूर्ण रूपमा बेवास्ता गर्दै आएको छ । हामीले सम्बन्धित मन्त्रालय, मन्त्री र राजनीतिक दलहरूलाई पनि ध्यानाकर्षण गरायौं तर कसैले पनि सुनेन,’ उनले भने, ‘अब हामी सडक संघर्षमा उत्रिने योजनामा छौं ।’

पिछडावर्गको आन्दोलनमा पूर्वमन्त्री विश्वेन्द्र पासवान, नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्मा, पूर्वमन्त्री केशवमान शाक्य लगायतले ऐक्यबद्धता जनाएका छन्

धर्नामा नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली, नेता लवकुश बैठक र नेकपा (एस) निकट नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मासहितले बुधबार ऐक्यबद्धता जनाएका छन्  ।

मधेसवादी दलहरूले पनि आफूहरूकाे मागलाई बेवास्ता गरेको भन्दै अध्यक्ष ठाकुरले बताए ।

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरूलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित महासंघ आन्दोलित छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here