नेपालकै सबैभन्दा धेरै धनराशी भएकाे पुरस्कार “पहिचान पुरस्कार” यसवर्ष कवि राजु स्याङतानको कविता सङ्ग्रह ओ पेङ दोर्जेलाई प्रदान गरिएको छ ।
उक्त पुरस्कारको राशी ४ लाख २ हजार रुपैयाँ रहेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख तथा कवि राजन मुकारुङको प्रमुख आतिथ्यतामा मंगलबार भाेजपुरकाे चखियामा सम्पन्न एक कार्यक्रमकका बीच पुरस्कार प्रदान गरिएकाे हाे ।
कार्यक्रममा साहित्यकार सुमित्रा बाङ्देल “चेली” र कवि/साहित्यकार कविता राईले पुरस्कृत कविता र कविको व्यक्तित्वबारे टिप्पणी गरेका थिए ।
पुरस्कृत कवि स्याङ्तान छोराको उपचारको लागि भारतमा रहेकाले उनकाे प्रतिनिधित्व गर्दै कवि/प्राज्ञ चन्द रानाहोंछालाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको समापनपश्चात् विभिन्न स्थानबाट भेला भएका कविहरूले कविता वाचन गरेका थिए ।