४ लाख राशीको पहिचान सम्मान-२०७७ खगेन्द्र संग्रौलालाई

४ लाख २ हजार राशी भएको पहिचान सम्मान-२०७७ लेखक तथा समालोचक खगेन्द्र संग्रौलालाई प्रदान गरिने भएको छ ।

भोलि (वैशाख ४ गते) काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गरी संग्रौलालाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

उक्त पुरस्कारको संस्थापक नरेश काङमाङ राई हुन् । राईले २०७२ सालमा पहिचान पुरस्कार कोष स्थापना गरेका हुन् ।

संग्रौलाले सदियौंदेखि राज्यसत्ताको उत्पीडनमा परेको आदिवासी जनजाति, दलित तथा सिमान्तकृत समुदायको पक्षमा आवाज उठाउँदै आएकाले यसपटक उनलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

यो पुरस्कार यसअघि राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’, यज्ञशको ‘भूइँया’ र संयुक्त रुपमा उन्मुक्त पुस्ताको ‘आफर’ र सरस्वती प्रतीक्षाको ‘नथिया’लाई दिइएको थियो ।

कोषले हरेक चार वर्षमा पुरस्कार दिने निर्णय गरेपछि पहिलो पटक संग्रौलालाई उक्त पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।

मण्डला थिएटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा संग्रौलालाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

जसमा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मा, नेकपा एमाले (माधव नेपाल) समूहका नेता अजम्बर राई काङमाङ, सोही समूहकी नेतृ रामकुमारी झाक्री, लेखक तथा साहित्यकार राजन मुकारुङ र कैलाश राई वक्ता रहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्