नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा आयोजित वृहत आदिवासी जनजाति सांस्कृतिक साँझ न्यूयोर्कको वुडसाइडस्थित गुलशन टेरेस हलमा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा फिप्नाका १८ वटा सदस्य संस्थाहरूका साथै विभिन्न नेपाली संघ-संस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सदस्य संस्थाहरूले आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने भेषभूषा र कला सहितका सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको शुभारम्भमा वरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत मन्तव्य राख्दै, “यो अभियान केवल आदिवासी जनजातिहरूका लागि मात्र नभई सम्पूर्ण उत्पीडित जातजाती तथा समुदायको समान हक र अधिकारका लागि हो,” भन्ने धारणा राखे।

फिप्नाका अध्यक्ष तोरण गुरुङले १८ सदस्य संस्थाहरूको अतुलनीय योगदानको प्रशंसा गर्दै, आउँदो जुलाई ९ तारिखका दिन मनाइने आदिवासी जनजाति दिवस को कार्यक्रममा समेत सक्रिय सहभागीता जनाउन सबै जनजाति संस्था तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई आग्रह गरे।

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याएका प्रायोजक, स्वयंसेवक, सदस्य संस्था तथा कलाकारहरूलाई फिप्ना अध्यक्ष गुरुङ र सभामुख भारती राईले सम्मान–पत्र प्रदान गरेका थिए।

औपचारिक कार्यक्रमको सञ्चालन महासचिव दीपक चौधरी र सचिव दाजिमा शेर्पाले संयुक्त रूपमा गरेका थिए भने दोस्रो सत्र अर्थात् सांस्कृतिक कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष ममता राई र सचिव शेर्पाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here