डा. मित्र परियार ।

दलित मुक्तिका अभियन्ता डा. मित्र परियारले छुवाछुत पूर्ण रूपमा उन्मूलन गर्नु असम्भव भए पनि यसको मात्रा घटाउन सकिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको सन्दर्भमा छुवाछुत अन्त्य असम्भव भए पनि यो समस्यालाई न्यून गर्न सकिने उल्लेख गरेका हुन्।

उनका अनुसार, छुवाछुत घटाउने उपायहरूबारे आफू एक अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनका लागि कार्यपत्र (पेपर) तयार गरिरहेको छ।

बेलायतबाट नेपाल फर्किएपछि डा. परियारले पछिल्ला केही वर्षयता जातीय विभेद र छुवाछुतविरुद्ध सशक्त अभियान सञ्चालन गर्दै आएका छन्।

केही समयअघि उनले दलित समुदायका लागि छुट्टै राजनीतिक दल आवश्यक रहेको धारणा सार्वजनिक गरेका थिए।

तर, कुनै पनि दलित नेताले आफ्नो दल परित्याग नगरेपछि अहिले उनी सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत दलित मुक्तिका पक्षमा आवाज उठाइरहेका छन्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here