१७ करोडको लागतमा बुवाखोलाको पुल निर्माण तीव्र गतिमा

मन्त्री राईद्वारा पुल निर्माणकाे अनुगमन

खोटाङ जिल्लास्थित जन्तेढुंगा गाउँपालिका–१ देवीस्थान र बराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने सडकको बुवाखोलामा निर्माणाधीन पक्की पुलको काम तीव्र गतिमा भइरहेको छ।

मंगलबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले पुल निर्माणको अनुगमन गरेका छन्।

काम सुरु भएको सात महिना दश दिनमै उल्लेखनीय प्रगति भएको पाइएको छ।

चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडकमा पर्ने उक्त पुल प्रदेश सरकारको लगानी १७ करोड ५८ लाख ७९ हजार ७२९ रुपैयाँमा निर्माण भइरहेको छ।

पुल १४८ मिटर लामो हुनेछ।

यो पुल प्रदेश सरकारले निर्माण गरिरहेको सबैभन्दा लामो पुल पनि हो।

आगामी २०८३ कात्तिक २१ गतेसम्ममा सक्ने गरी २०८१ वैशाख ३० गते जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरसँग पुल निर्माणको ठेक्का सम्झौता भएको थियो।

पुलको शिलान्यास मन्त्री राईले नै २०८१ मंसिर ६ गते गरेका थिए।

बुवाखोलामा पक्की पुल नहुँदा दिक्तेलदेखि खोटाङ बजार हुँदै जिल्लाको दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडक वर्खायाममा ठप्प हुने गरेको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img