कुलमान घिसिङ मध्यपूर्वकाे भ्रमणमा, प्रवासी नेपालीसँग अनुभव साटासाट गर्ने

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ हाल मध्यपूर्व भ्रमणमा निस्किएका छन्।

उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गरेका हुन्।

घिसिङका अनुसार, बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीसँग उनी जीवन, संघर्ष र सपना सम्बन्धी अनुभव बुझ्ने र आफ्ना अनुभव पनि बाँड्ने उद्देश्यले यो भ्रमणमा निस्किएका हुन्।

“प्रवासी नेपालीहरूसँग संवाद गर्न, उनीहरूको जीवन बुझ्न र आफ्ना अनुभव बाँड्न खोज्दैछु,” घिसिङले लेखेका छन्।

प्राधिकरणमा कार्यकालभर सफलताको प्रतीक बनेका घिसिङलाई सरकारले गत चैतमा कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको थियो।

त्यसयता उनी राजनीतिक रूपमा सक्रिय हुँदै आएका छन्।

यसपटकको भ्रमणलाई कतिपयले राजनीतिसँग पनि जोडेर हेरिरहेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img