अन्तर्राष्ट्रिय मजदुर दिवसकाे शुभकामनै–शुभकामना, वास्तविक मजदुर पीडामा

कोरोना महामारीका कारण यस वर्षको अन्तर्राष्ट्रिय मजदुर दिवस पनि प्रभावित भएको छ । हरेक वर्ष १ मे का दिन अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने भए पनि यस वर्ष कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम गरिएन ।

तर नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न राजनीतिक दलनिकट मजदुर संगठन, दलका प्रमुख नेताहरुले मजदुर दिवसको शुभकामना भने जारी गरेका छन् । सामाजिक सञ्जालबाट समेत सर्वसाधरणले मजदुर दिवसको शुभकामना व्यक्त गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गरी श्रमिकको अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सुत्रमा बाँध्न दिवसले सहयोग पुग्ने विश्वास गरेकी छन् ।

प्रधानमन्त्री केपी ओलीले श्रमिकको सम्मान गर्दै श्रम क्षेत्रको कानुनी विभेद अन्त्य गरिएको बताएका छन् ।
सभामुख अग्नि सापकोटाले कोरोना महामारीका कारण कठिन परिस्थिति निर्माण भएको भन्दै श्रमिकहरुको हितका लागि सरकारले विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको सम्झनामा विश्वभर मे १ मा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

दोस्रो पटक फैलिएको कोरोना महामारीका कारण नेपालका मजदुरहरुले भोकै समेत बस्नुपर्ने जस्ता कठिन समय बिताइरहेको भए पनि सरकारको तर्पmबाट शुभकामना दिनेबाहेक उल्लेखनीय काम गरिएको छैन ।

मजदुर दिवसमा शुभकामना दिन अगाडि अगाडि देखिएका सरकारी अधिकारीहरु, दलका नेताहरु तथा मजदुर संगठनका नेताहरुले वास्तविक मजदुरको दुःख समस्यामा बोल्ने काम मात्र गरिरहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्