‘सरकारले समझदारी कार्यान्वयन नगरे ४६औं दिनदेखि पुनः अनशन बस्छु’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सरकारले आफ्ना माग सम्बोधन गर्ने समझदारी कार्यान्वयन नगरे पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्।

उनले शुक्रबार सरकारसँग गत साउन १८ गते भएको १६ बुँदे समझदारीबारे जानकारी दिँदै ४५ दिनसम्म माग पूरा नभए ४६औं दिनदेखि पुनः अनशन सुरु गर्ने बताएका हुन्।

मेयर भट्टराईले बाँसका सामग्री सरकारी कार्यालयमा प्रयोग गर्ने नीति बनाउनुपर्ने, स्थानीय स्रोत–साधनबाट उत्पादित वस्तुलाई कानुनी मान्यता दिनुपर्नेलगायत सात बुँदे माग राख्दै साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशन थालेका थिए।

सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै साउन १८ गते समझदारीपत्रमा हस्ताक्षर गरेपछि उनले अनशन तोडेका थिए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img