नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको यही भदौ १ गतेको निर्णयअनुसार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।

घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र सार्वजनिक प्रशासन (एमपीए) गरेका छन्। उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन्।

राष्ट्र बैंकमा सेवाकालमा घिमिरेले सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ तथा अनुसन्धानलगायत विभिन्न विभागमा जिम्मेवारी बहन गरेका थिए।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here