नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोषलक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा कोषका निर्देशक नबराज खड्का तथा बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष, स्वेच्छिक अवकाश कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन गरिनेछ ।

यसअन्तर्गत बैंकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी परिचयपत्र उपलब्ध गराइने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित खातामा अद्यावधिक गरिने तथा बैंकको सिफारिसमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले मिलाउनेछ ।

त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियमावली, विनियम, निर्देशिका तथा कार्यविधिअनुसार ब्याज, प्रतिफल र अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् ।

कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टी गरी भुक्तानी उपलब्ध गराउनेछ ।

त्यसका लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img