संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौं आइपुगेका छन्।

डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन्।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए।

यसअघि अमेरिकाबाट विभिन्न चरणमा २१५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here