मंगलबार ७,५८७ जनामा काेराेना पुष्टि, ५५ जनाकाे मृत्यु

नेपालमा आज कोरोना भाइरसका सात हजार ५८७ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै याे जानकारी गराएकाे हाे । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या तीन लाख ५१ हजार पाँच जना पुगेकाे छ ।

हालसम्म २५ लाख ३७ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ५९ हजार ७९८ जनामा भाइरसको संक्रमण सक्रिय अवस्थामा छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ७७५ जना संक्रमित कोरोनामुक्त भएको जनाएको छ ।  हालसम्म दुई लाख ८७ हजार ७९० जना कोरोनामुक्त भएका छन् ।

हाल २५३ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म कोरोनाबाट कुल तीन हजार ४१७ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा मृत्यु भएकाे याे संख्या अहिलेसम्मकै बढी हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्