जेनजी आन्दोलन गम्भीर भन्दै दाहालद्वारा श्रद्धाञ्जली, प्रतिबन्ध हटाउन माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा भएको घटना गम्भीर रहेको बताएका छन्।

उनले आन्दोलनमा मृत्यु भएको युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।

फेसबुकमार्फत दाहालले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन र भ्रष्टाचारविरुद्धका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उनले स्थिति थप बिग्रिन नदिन ठोस कदम चाल्न आग्रहसमेत गरेका छन्।

जेनजीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबार काठमाडौंमा बृहत प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरुले नयाँबानेश्वरस्थित संसद भवन प्रवेश गरेपछि सरकारले उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। तर आन्दोलनकारीहरु पछि हटेका छैनन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img