जेनजी आन्दोलनको उपलब्धि आधा भयो, आधा बाँकीः तामाङ

पहिचानवादी नेता धनबहादुर तामाङले जेनजी आन्दोलनको उपलब्धि आधा भएको र आधा बाँकी रहेको बताएका छन्।

उनका अनुसार अहम्ताले भरिएको एमाले अध्यक्ष केपी ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकारलाई विस्थापित गर्नु जेनजी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो।

बाँकी उपलब्धि भने अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको ऐन–कानुन बनाएर निर्वाचन गराएको खण्डमा मात्र प्राप्त हुने उनले स्पष्ट पारे।

जनता समाजवादी पार्टीका नेता समेत रहेका उनले भने, ‘कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनले निर्माण गरेको सरकार भएकाले त्यससँग आन्दोलनको भावना अनुसार नयाँ अन्तरिम संविधान नै बनाउन सक्ने म्यान्डेट छ।’

कार्की नेतृत्वको सरकारसँग अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय कानुन, पूर्ण समानुपातिक संसद र पहिचानमा आधारित १० प्रदेशको खाकासहितको अन्तरिम संविधान बनाउने अवसर रहेको तामाङको जिकिर छ।

जेनजी आन्दोलन देशका उत्पीडित र पहिचानका लागि अधिकार मागिरहेका जनताले पनि गरेको भएकाले उनीहरूको माग पूरा हुने गरी नयाँ संविधान निर्माण गर्नुपर्ने उनले जोड दिए।

भिडिओ हेर्नुहोस्:

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img