जेनजी आन्दोलनपछि पनि घटेन बस्नेतको गुण्डागर्दी, पत्रकारलाई ज्यानको धम्की

काठमाडौं – एमाले नेता महेश बस्नेतको गुण्डागर्दी जेनजी आन्दोलनपछि पनि रोकिएको छैन।

जेनजी आन्दोलनलाई ‘आतंक’को संज्ञा दिएका बस्नेतले हालै पत्रकारलाई ज्यानमार्ने धम्की दिएका छन्।

भ्रष्टाचार र अहंकारले भरिएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र देशका तीनै निकायलाई एकैदिनमा खरानी बनाएको जेनजी आन्दोलनपछि नेताहरू सुध्रिने अपेक्षा गरिएको थियो।

तर ती घमण्डी नेताहरू नसुध्रिने सन्देश दिनेमा बस्नेत पहिलो नम्बरमा परेका छन्।

बस्नेतले समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक पत्रकार टेकमान शाक्यलाई शुक्रबार विहानदेखि फोन र म्यासेजमार्फत ज्यानमार्ने धम्की दिएका छन्।

पत्रकार टेकमान शाक्य
पत्रकार टेकमान शाक्य।

नेता बस्नेत र उनको समूहले दिएको धम्कीबारे नेपाल पत्रकार महासंघले भर्त्सना गर्दै प्रेस स्वतन्त्रतामा गरिएको यो हमलाको छानबिन गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

महासंघले प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटोबाट आफ्नो धारणा राख्न सकिने भए पनि पत्रकारलाई धम्की दिनु अस्वीकार्य भएको जनाएको छ।

पत्रकार शाक्यलाई धम्की दिएकोप्रति देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले पनि गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।

जेनजी आन्दोलनकारीहरूले एमाले पार्टी कार्यालय मात्र नभई बस्नेत र अध्यक्ष ओलीसहितका नेताहरूको निजी घरसमेत खरानी बनाएका थिए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img