हर्क साम्पाङकाे नेतृत्वमा जन्मिँदै ‘श्रम संस्कृति पार्टी’, दर्ता प्रक्रियामा

धरान उपमहानगरका मेयर हर्क साम्पाङले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

उनको पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ राखिएको छ।

हर्कराज राईको नाममा उक्त पार्टी दर्ताका लागि निवेदन दिएको बताइएको छ।

पार्टी दर्ताका लागि कागजातहरूको रुजु गर्ने प्रक्रियामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

श्रमदान अभियान चलाएर चर्चित भएका मेयर साम्पाङ हालैको देशको विषम परिस्थितिमा प्रधानमन्त्रीको रूपमा नेतृत्व लिन चाहेका थिए।

तर जेनजी आन्दोलनपछि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम चुनावी सरकारको नेतृत्वमा पुगेकी छन्।

प्रतिनिधिसभाको चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ।

(यसअघि समाचार प्रकाशित गर्दा पार्टीकाे नाम श्रम संस्कृति पार्टी हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ। स.)

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img