गाइघाटमा १३ सय युवा श्रम संस्कृति पार्टीमा प्रवेश

धरान उपमहानगरपालिकाका मेयर तथा प्रस्तावित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया अघि बढाएसँगै संगठन विस्तारलाई तीव्र पारेका छन्।

उनी बिहीबार उदयपुरको गाइघाट पुगेका थिए, जहाँ बुद्धी चाम्लिङको संयोजकत्वमा एक समिति गठन गरिएको छ।

तर तयारी पूरा नहुँदा पदाधिकारीहरू तोकिएका छैनन्।

उक्त पार्टीका रविन तिलुङ राईले तयारी नपुगेकाेले पदाधिकारी घोषणा गर्न नसकिएकाे पत्रकारसँग बताए।

उक्त पार्टीका नेता समिर तामाङका अनुसार गाइघाटमा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा करिब १ हजार ३ सय युवाहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

कार्यक्रममा नयाँ सदस्यहरूले पार्टीको चुनाव चिन्ह समेत रहेको माटो छोएर सामूहिक सपथग्रहण गरेका थिए। उनीहरूलाई अध्यक्ष हर्क साम्पाङ स्वयंले सपथग्रहण गराएका थिए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img