त्रिवि परिसरमा पार्क बनाउन श्रमदान, मन्त्री पुनले सहयोगका लागि गरे आग्रह

शिक्षा मन्त्री महावीर पुनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको झाडी फाडेर सुन्दर पार्क बनाउने अभियानमा धरानका मेयर हर्क साम्पाङका समर्थक श्रमदाताहरूले करिब ४० प्रतिशत काम सकाएको बताएका छन्।

शनिबार श्रमदान भइरहेको स्थलमा पुगेका मन्त्री पुनले आफैं भिडियो खिची आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन्।

भिडियो सेयर गर्दै उनले साे स्थानमा सुन्दर पार्क बनाउनका लागि आर्थिक सहयोगको अपिल पनि गरेका छन्।

‘झाडी फाडीसकेपछि सुन्दर पार्क बनाउन चाहिने पैसाको उपाय खोज्दैछौं। पैसा जुटाउने उपाय हुने जोसुकैले पनि नहिच्किचाई भन्नुहोला,’ मन्त्री पुनकाे भनाइ छ।

मन्त्री पुन श्रमदान स्थलमा पुग्दा भिडियो खिच्नेहरूको लर्को लागेको थियो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img