कसैलाई प्रवेश गर्न मन लागेकै भरमा नेकपासँग एकता हुँदैनः अध्यक्ष राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले कसैलाई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न मन लागेकै भरमा त्यस पार्टीसँग एकता हुन नसक्ने प्रष्ट पारेका छन्।

जसपा र नेकपाबीच एकताका लागि ड्राफ्ट तयार भई हस्ताक्षर मात्र बाँकी रहेको भन्दै नेकपाका केही नेताहरूले भ्रम फैलाएपछि अध्यक्ष राईले आज सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन्।

जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले जसपाले उठाउँदै आएका पहिचान, समानुपातिक समावेशिता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति जस्ता प्रमुख एजेन्डा तथा विचारहरू एकीकृत पार्टीको महाधिवेशनमा लैजाने गरी नेकपासँग एकता गर्ने पहल गरिरहेका बेला अध्यक्ष राईले पार्टीभित्रकाे छलफल र निर्णयबिना एकता सम्भव नहुने बताएका छन्।

साथै, उनले भ्रम फैलाएर पार्टी विभाजन गराउनेहरूबाट सावधान रहँदै दृढतापूर्वक क्रियाशील रहन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img