नाभीमा सुगन्ध बोकेर हावामा खोज्न हिँड्ने कस्तुरी जस्तो नबनौंः अध्यक्ष राई

‘सबैलाई पहिचान, सबैलाई सम्मान’ भन्ने नारालाई सार्थक बनाऔ

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई ‘नाभीमा सुगन्ध बोकेर हावामा खोज्दै हिँड्ने कस्तुरी मृग’ जस्तो नबन्न आग्रह गरेका छन्।

राजेन्द्र श्रेष्ठ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेतसहितका नेताहरूले संगठनात्मक गतिशिलता नभएको बहानामा विचार छोडेर आत्मसमर्पण गरेको अध्यक्ष राईले सोमबार जारी विज्ञप्तिमा बताएका छन्।

अध्यक्ष राईले भनेका छन्, ‘संगठनात्मक गतिशिलता भएन भन्ने नाममा विचार बोकेर उभिन नसक्नु र छुद्र स्वार्थका लागि कसैमाथि बोझ बन्नु आत्मसमर्पण हो। नाभीमा सुगन्ध बोकेर हावामा खोज्न हिँड्ने कस्तुरी मृगको कथा जस्तै भ्रममा परेका सबै साथीहरूलाई म आफ्नो विचार र विश्वासमा उभिन र पार्टीमा क्रियाशील हुन अपिल गर्दछु।’

उनले पहिचान र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्र, मुलुकको सार्वभौमसत्ता, क्षेत्रीय भूअखण्डता, राष्ट्रिय एकता, आपसी सद्भाव तथा सहअस्तित्वका पक्षमा उभिएर ‘सबैलाई पहिचान, सबैलाई सम्मान’ भन्ने नारालाई सार्थक बनाउन सबै कार्यकर्तालाई अनुरोध गरेका छन्।

पार्टी परित्याग गरेका राजेन्द्र श्रेष्ठसहित ६ जना नेताहरूलाई सोमबारदेखि नै पदमुक्त गरिएको जानकारी गराउँदै उनले ती नेताहरू मंसिर १० गते नेकपासँग एकीकरण हुने भन्दै जसपालाई नोक्सान पुर्‍याउने दुरासयबाट चलेकाले उक्त भेलामा सहभागी नहुन कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई अनुरोध गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img