श्रम संस्कृति पार्टीले अनुसन्धानमा सहज बनाउनका लागि उपाध्यक्ष देवराज लामा भनिने राजकुमार तामाङलाई पदबाट निलम्बन गरेको छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले आज एक विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि लागू हुने गरी लामालाई उपाध्यक्ष पदबाट निलम्बन गरिएको जानकारी दिएका छन्।

लामालाई विस्फोटक पदार्थसहित भेटिएको पुरानो मुद्दामा हिजो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

लामा २०६३ सालमा नेपाल आयल निगममा भएको बम विस्फोट काण्डका दोषी थिए, जसमा तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको थियो।

संयुक्त जातीय मोर्चाका नेता तथा ‘विश्वक्रान्ति’को नामले समेत चिनिने लामा हाल साम्पाङ नेतृत्वको पार्टीमा उपाध्यक्ष थिए।