रमेशचन्द्र प्रधान अशोक राई नेतृत्वको जसपामै फर्किए

काठमाडाैंका स्थानीय नेता रमेशचन्द्र प्रधान अन्ततः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा फर्किएका छन्।

उनी यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहेका थिए।

जसपा अध्यक्ष तथा पूर्वमन्त्री अशोक राईले शनिबार पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा खादा लगाइदिँदै प्रधानलाई स्वागत गरे।

सो क्रममा अध्यक्ष राईले सही विचार बोक्ने मान्छे कहिलेकाहीँ एक्लो भए पनि अन्ततः सही विचार स्थापित भएरै छाड्ने बताए।

जसपाले उठाएको विचार सही भएकाले स्थापित हुने उनको भनाइ छ।

राजेन्द्र श्रेष्ठसहितका केही नेताहरू भने थाकेर नेपाली कम्युनिस्ट पार्टीतर्फ लागेको उनले बताए।

शनिबार नै जसपाले प्रदेश नं. ३ समिति अर्जुन कुँवरको अध्यक्षतामा तथा ताम्सालिङ राष्ट्रिय समिति सोमबहादुर घलानको अध्यक्षतामा पुनर्गठन गरेको थियो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img