जसपा नेपालले प्रदेशस्तरीय विरोध सभा गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दालाई केन्द्रमा राख्दै प्रदेशस्तरीय विरोध सभा सुरु गर्ने भएको छ।

पार्टीले संघीयता कार्यान्वयन, सुशासन र समावेशी अधिकारका सवालमा सरकारमाथि दबाब बढाउने उद्देश्यसहित चरणबद्ध सङ्घर्ष अघि बढाएको जनाएको छ।

जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शनिबारदेखि सुरु हुने प्रदेशस्तरीय विरोध सभा पुस १२ गते विराटनगर, १४ गते मधेस प्रदेशको जनकपुर, १५ गते वीरगञ्ज र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा आयोजना गरिनेछ।

यी सभामार्फत पार्टीले जनताबीच आफ्ना माग स्पष्ट पार्दै सरकारको नीति तथा कार्यशैलीविरुद्ध जनदबाब सिर्जना गर्ने रणनीति लिएको छ।

यसबीच पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम र प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img