‘तमू ल्होसारले सबैको सम्मान, सहअस्तित्व र एकता स्थापित गरोस्’

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री अशोक राईले तमू ल्होसारको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूलाई सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना दिएका छन्।

तमु (गुरुङ) समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड तथा नयाँ वर्षको रूपमा हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी तमू ल्होसार मनाउँदै आएका छन्।

यस अवसरमा नेता राईले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उल्लेख गरेका छन्, ‘तमू ल्होसारको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। यो महान पर्वले सम्पूर्ण नेपालीलाई आपसी सम्मान र सहअस्तित्वमा आबद्ध गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन प्रेरित गरोस्।’

तमू ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमसहित भव्य रूपमा तमू ल्होसार मनाइँदै छ भने देशका विभिन्न जिल्ला तथा विदेशमा पनि गुरुङ समुदायले विभिन्न कार्यक्रम गरी तमू ल्होसार मनाउने गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img