सांस्कृतिक विविधता नै नेपालको गौरव : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले तमु ल्होसारजस्ता सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना बलियो बनाउने बताएकी छन्।

मङ्गलबार काठमाडाैँकाे टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै सांस्कृतिक विविधतामै नेपालको शक्ति निहित रहेको बताइन्।

‘सांस्कृतिक विविधता नेपालको गौरव हो। यही विविधता नै हाम्रो ठूलो शक्ति हो,’ उनले भनिन्, ‘तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै सामाजिक सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सुदृढ बनाउँछन्।’

सम्बोधनको सुरुवातमै प्रधानमन्त्री कार्कीले तमु गुरुङ समुदायको महान् पर्वको अवसरमा देश–विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरिन्।

‘यहाँहरू सबैमा हार्दिक नमस्कार। छ्या जलो’ भन्दै उनले सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img