राई महतो र चौधरीबिच पार्टी एकतामा सहमत

‘राष्ट्रिय अग्रगामी गठबन्धन’बाट चुनावी प्रचार थाल्ने

एउटै चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा भाग लिने निर्णय गरेका जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ निर्माण गरेका छन्।

तीन दलका शीर्ष नेताहरूले मङ्गलबार काठमाडौँमा बैठक गरी ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ नामकरण गरेका हुन् भने सोही गठबन्धनबाट चुनावी प्रचार थाल्ने तयारी गरेका छन्।

उनीहरूले चाँडै पार्टी नै एकता गर्ने भएका छन्।

यसका लागि रेशम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले बताए।

उनले भने, “तीनवटा दलको एकीकरणका लागि आवश्यक गृहकार्य गर्न रेशम चौधरीको संयोजकत्वमा कार्यदल बनाइएको छ, अब चाँडै पार्टी एकता हुनेछ।”

नेता राईका अनुसार आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा अन्य दलहरूसँग पनि तालमेल गरेर जाने ढोका खुला गरिएको छ।

यसैगरी राष्ट्रिय अग्रगामी गठबन्धनकाे ब्यानरमा सुदूरपश्चिम, लुम्बिनी, मधेश र १ नम्बर प्रदेश (कोशी प्रदेश) मा चाडै नै प्रचारसभा गर्ने निर्णय गरिएकाे छ।

बैठकबाट नेताहरूले तीनबुँदे सहमति गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img