जसपा खोटाङद्वारा प्रत्यक्ष उम्मेदवारमा राकेश राई र प्रकाश चाम्लिङ सिफारिस

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) खोटाङले दुई जनालाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

जसपा खोटाङले राकेश राई र प्रकाश चाम्लिङमध्ये एक जनालाई प्रत्यक्ष उम्मेदवार बनाउने गरी पार्टी केन्द्रीय समितिलाई सिफारिस गरेको हो।

राकेश राई २०७९ को निर्वाचनमा पनि जसपाबाट प्रदेशसभाको प्रत्यक्ष निर्वाचन लडेका थिए।

खोटाङ सेवा समाजका निवर्तमान अध्यक्षसमेत रहेका उनी २०६९ सालमा संघीय समाजवादी पार्टी गठन भएसँगै पार्टीमा आबद्ध भई पहिचानको आन्दोलनमा सक्रिय रहँदै आएका छन्।

प्रकाश चाम्लिङ हाल पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष हुन्।

उनी पनि २०६९ सालदेखि अशोक राई नेतृत्वको पार्टीमा रहेर पहिचानसहितको संघीयताको पक्षमा संघर्ष गर्दै आएका विद्यार्थी नेता हुन्।

साल्पा अनलाइनका रिलहरू हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img