पहिचानको मुद्दामा अस्पष्टता भन्दै तीन नेताद्वारा उज्यालो नेपाल परित्याग

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञान बहादुर गुरुङ र अमर इजमले चुनावको मुखैमा पार्टी परित्याग गरेका छन्।

उनीहरूले पहिचानको मुद्दालाई पार्टीले स्पष्ट तथा लिखित रूपमा प्रस्तुत नगरेको भन्दै बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका हुन्।

साथै, उनीहरूले पुनः पहिचानवादी मोर्चालाई विस्तार गर्दै पहिचानको आन्दोलन उठाउने घोषणा पनि गरेका छन्।

पार्टी परित्याग गर्ने तीन नेतामध्ये थेगिम आदिवासी जनजाति क्लस्टरको तेस्रो नम्बरमा समानुपातिक उम्मेदवार थिए।

उनी प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका पूर्व संयोजक पनि हुन्।

गुरुङ र इजम भने पहिले नागरिक उन्मुक्ति पार्टीमा थिए। उनीहरू पछिल्लो समय प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चामा आबद्ध भएका थिए।

डा. लावतीले मोर्चालाई उज्यालो नेपाल पार्टीमा विलय गराएका थिए भने हाल सो पार्टीका अध्यक्ष रहेका कुलमान घिसिङले उज्यालाे नेपाल पार्टीलाई सहकारी ठगी आरोपित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय गराएका थिए।

१२ दिनमै रास्वपासँगकाे सहमति भत्किएपछि घिसिङ नेतृत्वको समूह रास्वपाबाट अलग भएर पुनः उज्यालो नेपाल पार्टीलाई अघि बढाएका थिए।

पार्टीभित्र छलफल र निर्णय नगरी रास्वपामा विलय गराएर पछि पुनः छुट्टिँदा थुप्रै नेता–कार्यकर्ताहरू रास्वपामै रहँदा कुलमानलाई ठूलो धक्का लागेको थियो।

हाल, कोशी प्रदेशका तीन नेताले पनि पार्टी परित्याग गर्दा उनलाई थप धक्का लागेको छ।

साल्पा अनलाइनका रिल्स हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img