रोमानियामा ‘प्रवासी युवा व्यवसायी तथा सामाजिक अभियान समिति’ गठन

रोमानियामा कार्यरत नेपाली युवाहरूको सहभागितामा ‘प्रवासी युवा व्यवसायी तथा सामाजिक अभियान समिति, रोमेनिया’ को तदर्थ समिति गठन गरिएको छ।

गत माघ २५ गते आइतबार बुखारेस्टमा आयोजित भेलाबाट समिति गठन गरिएको हो।

भेलामा रोमानियामा रहेका युवा व्यवसायी, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियाे।

भेलाले गोमादेवी थापा मगरको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा गौरीमान तिलिङ, सचिवमा युवराज खनाल, सह–सचिवमा माधव घिमिरे, कोषाध्यक्षमा ओवेश गुरुङ र सह–कोषाध्यक्षमा शशी लामा चयन गरिएकाे छ।

त्यसैगरी सदस्यहरूमा मनिष खत्री, सागर क्षेत्री, अनिल पाण्डे, गोविन्द लिम्बु, अमर बहादुर तामाङ, विमला राई, सन्तोष थापा मगर, राजु राना र सरोज खनाल रहेका छन्।

कार्यक्रममा विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

सहभागीहरूले प्रवासी नेपाली युवाहरूको हक–हित संरक्षण, व्यवसायिक प्रवर्द्धन तथा सामाजिक एकता सुदृढ बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।

समितिले ६ महिनाभित्र पूर्ण कार्यसमिति गठन गर्ने निर्णयसमेत गरेको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img