नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य कुल्दिप राई र दिपक राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईका अनुसार प्रदेश कमिटी सदस्यसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का उपाध्यक्ष रविनकुमार राई पनि श्रम संस्कृतिमा प्रवेश गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेस विजयखर्कका पार्टी सभापति सन्तोष राई पनि श्रम संस्कृति पार्टीमै समाहित भएका छन्।
अध्यक्ष राईका अनुसार चुडामणि राई, सुविन राई, राजन राई, किरण राई, राजन खनाललगायत गरी कुल १०६ जना विभिन्न दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा खोटाङमा श्रम संस्कृति पार्टीको पक्षमा जनलहर बढ्दै गएको बताइएको छ।
श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार रहेका छन्। चुनावी अभियानकै क्रममा महासचिव राईले अबिर लगाएर उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।



