नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ

आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ प्रदान गरेको छ।

कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ दिएको हो।

यो रेटिङ प्राप्त गर्ने संस्थालाई वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको मानिन्छ। आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो।

२०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि सेवा सुरु गरेको थियो।

कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना तथा नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।

हाल कोषमा करिब ७ लाखभन्दा बढी सहभागी छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img