स्पष्ट कार्यक्रम र समाधानका उपायसहित निर्वाचनमा सहभागी भएका छौं : अध्यक्ष राई

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सामाजिक–आर्थिक परिवर्तनका लागि इमानदार र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

उनले राजनीति, राज्ययन्त्र र समाजभित्रका विकृति हटाउन जनतालाई सचेत पार्दै सडक र सदन दुवैबाट सङ्घर्ष जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनका अनुसार लाखौं युवा विदेशिनु बाध्य हुनु वर्तमान राजनीतिक असफलताको परिणाम हो।

“ढाँटेर, ठगेर, भावनामा बगेर वा चटके रमिता देखाएर परिवर्तन सम्भव हुँदैन,” फेसबुकमार्फत उनले भने, “राष्ट्रिय समस्याको जड कारण बुझ्ने र त्यसको समाधान दिन सक्ने इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ।”

अध्यक्ष राईले चुनावलाई पनि परिवर्तनको एउटा महत्वपूर्ण मोर्चाका रूपमा व्याख्या गर्दै यस पटकको निर्वाचनमा जसपा स्पष्ट कार्यक्रम र समाधानका उपायसहित सहभागी भएको दाबी गरे।

“हामी हाम्रो प्रतिबद्धतामा अडिग छौं। सङ्घर्ष जारी छ, जारी रहन्छ। चुनाव पनि एउटा सङ्घर्ष हो,” उनको भनाइ छ।

उनले मतदातालाई जाँतो चुनाव चिन्हमा मतदान गरी जसपाका उम्मेदवारलाई विजयी बनाउन आह्वान गरे।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img