काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी वैशाख २९ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे हाे ।
बैठकले पसल खोल्ने समय पनि बिहान ९ बजेसम्म मात्र दिने निर्णय गरेकाे छ । बैठकले बैंक तथा वित्तीय संस्थामा सीमित जनशक्ति राखेर चलाउन दिने निर्णय गरेकाे छ ।