गोरेबहादुर खपाङ्गीका छोरा गम्भीर बिरामी, आर्थिक सहयोगको अपिल

काठमाडाैँ। दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत खपाङ्गी मगर गम्भीर बिरामी परेपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।

हाल काठमाडौंस्थित वीर अस्पतालको आपतकालीन कक्षमा उपचाररत ५० वर्षीय शिखरजीतको उपचार खर्च धान्न नसकिएपछि गोरेबहादुर खपाङ्गी फाउन्डेसनले सहयोगको अनुरोध गरेको हो।

परिवार स्रोतका अनुसार स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको हो। शिखरजीतको पिसाब थैलीको शल्यक्रिया भइसकेको छ भने मिर्गौलासम्बन्धी समस्या पनि देखिएको छ।

गोरेबहादुर खपाङ्गी फाउन्डेसनका संस्थापक अध्यक्ष हुमबहादुर थापाले गत बुधबार जारी गरेको अपिलमा बिरामीको जीवन रक्षाका लागि आर्थिक सहयोग अत्यन्त आवश्यक रहेको उल्लेख छ।

उनले सहयोगका लागि क्यूआर कोडमार्फत रकम पठाउन सकिने व्यवस्था गरिएको बताए।

यसैबीच, वीर अस्पतालमा बिरामीसँग उनका भेना चन्द्र थापा मात्र रहेको जनाइएको छ। समय मिलाएर अस्पतालमै पुगेर सहयोग तथा साथ दिन पनि सबैमा अनुरोध गरिएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img