बुधबार थप ८,६५९ जनामा काेराेना सङ्क्रमण, ५८ जनाकाे मृत्यु

नेपालमा गत २४ घण्टामा थप ८,६५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये काठमाडाैं उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ५८ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको छ ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो ।

अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्