खोटाङ सेवा समाज यूकेकाे अध्यक्षमा डा. प्रमाेद कोयी राई निर्वाचित

खोटाङ सेवा समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

गत ९ मे २०२१ आइतबारकाे दिन भर्चुअल (जुम) माध्यमबाट सम्पन्न अधिवेशनबाट डा. प्रमाेद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विराेध निर्वाचित भएको छ ।

यसअघि कार्यसमितिकाे उपाध्यक्ष रहेका नवनिर्वाचित अध्यक्ष राई इस्ट लण्डन एनएचएस फाउण्डेसनमा कन्सल्टेण्ट साइकायट्रिस्टका रुपमा कार्यरत छन् ।

कार्यसमितिको उपाध्यक्षमा भाग्यती राई, प्रसाद राई, झलम राई र भविन राई, महासचिवमा भोलाविक्रम राई, सचिवमा रोजिना राई, देवेन्द्र खेरेस राई र राजेन्द्र राई, कोषाध्यक्षमा चन्द्र जयपाल र सह–कोषाध्यक्षमा सन्जिव राई निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा क्या. सन्तोष राई, वसन्त गुरुङ, खिलेन्द्र राई, जानुका राई, धिरज राई, सन्जिव राई ‘पारदर्शी’, सुमी राई (ननिन्टन), लिला गोम्देन, बमबहादुर तामाङ, शिवध्वज राई, अरुणा राई, प्रज्वल राई, पुजन खत्री र ढाकबहादुर राना रहेका छन् ।

कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । कोरोना महामारीका कारण अघिल्लो कार्यसमितिको कार्यकाल एक वर्ष लम्बिएको थियो ।

निःस्वार्थ सामाजिक सेवाभावले सन् २००७ मा स्थापना गरिएको खोटाङ सेवा समाज बेलायतमा रहेका खोटाङ्गेहरुबिच र गृहजिल्ला खोटाङमा विभिन्न परोपकारी कार्यहरू गर्दै आएको छ ।

समाजले सन् २०१७ मा आफ्नो गृहजिल्ला खोटाङलाई सात वटा एम्बुलेन्स उपलब्ध गराएको थियो । जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पुर्याउने र उनीहरुको ज्यान बचाउका लागि दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीहरु चिसापानी, डाँडागाउँ, बाक्सिला, सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि सातवटा एम्बुलेन्स र जिल्ला अस्पताल खोटाङका लागि १ थान अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएको थियो ।

त्यसैगरी समाजको प्रत्येक कार्यसमितिको एक कार्यकालमा खोटाङमा जन्मेर विभिन्न क्षेत्रहरुमा कृयाशिल विशिष्ट  व्यक्तिहरुमध्येबाट छनाेट गरी नगद एक लाख र ताम्रपत्रसहितको ‘नागरिक सम्मान’ र साहित्य, संगीत, कला क्षेत्रमा साधनारत प्रतिभाहरुमध्येबाट एक जनालाई नगद ५० हजार र ताम्रपत्रकाे साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’समेत प्रदान गर्दै आइरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्