तीन हप्ता दुःख सहेर भित्रै बस्यौ भने कोरोना संक्रमण घट्छः डा. पाण्डे

डा. रविन्द्र पाण्डेले अबको तीन हप्ता सबैले दुःख सहेर घरमै बस्ने हो भने कोरोनाभाइरस संक्रमणको दर घट्दै जाने बताएका छन् ।

उनले यस अवधि नेपालका लागि अत्यन्तै कठिन अवस्था रहेको समेत बताएका छन् । गत मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट डा. पाण्डेले यो जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘आगामी तीन हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भए पनि यो तीन हप्ता घरभित्र नै बसौ ।’

उनले पसल, बाटो, चोक, खेल्ने ठाउँ सबैतिर कोरोनाभाइरस संक्रमित छन् भनेर सकभर घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

‘निस्कनै परे डबल मास्क लगाएर, ६ फिट भन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी/स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौ, भेटघाट बन्द गरौ,’ डा. पाण्डेले लेखेका छन्, ‘यो तीन हप्ता दुःख सह्यौ भने संक्रमणको दर घट्दै जानेछ । रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ ।’

उनले यस पटकको कोरोनाभाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न चेतावनी दिँदै सबै जना कडा सेल्फ लकडाउनमा बस्न आग्रह समेत गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img