थप ८ हजार १३६ जनामा संक्रमण, १९६ काे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टा ८,१३६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा देशभर २०,२८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका ४ लाख ७२ हजार ३५४ बिरामी पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६,८९१ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ५२ हजार ४१४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर एक लाख १४ हजार ५२९ जना आइसोलेशनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९६ जना संक्रमितकाे मृत्यु भएको छ । हालसम्म पाँच हजार ४११ जना संक्रमितकाे मृत्यु भएको छ ।

मन्त्रालयले कोरोनाबाट निको हुने दर ७४.६ प्रतिशत रहेको जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्