‘गल्लावाल’ चौकबहादुर राईकाे ८६ वर्षको उमेरमा निधन

खोटाङस्थित साकेला गाउँपालिका वडा नं ३ खिदिमाका समाजसेवी चौकबहादुर राईकाे ८६ वर्षको उमेरमा निधन भएको छ ।

भूपू बेलायती सेना समेत रहेका उनकाे गत जेठ ४ गते आफ्नै निवासमा निधन भएकाे हाे । उनी केही दिनदेखि बिरामी थिए ।

बेलायती सेनाबाट पेन्सन आएपछि उनले खाेटाङकाे दिक्तेलस्थित ब्रिटिस वेलफेयर अफिसकाे सहायक प्रमुखकाे जिम्मेवारी पाएका थिए ।

साे बखत उनले खाेटाङकाे विभिन्न दुर्गम स्थानमा बेलायती सरकारकाे सहयाेगमा खानेपानी, झाेलुंगे पुल, विद्यालय भवनलगायत विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले बेलायती सेना तथा सिंगापुर पुलिसमा स्थानीय युवाहरुलाई भर्ती गराउन छनाेट गर्ने जिम्मा समेत पाएका थिए । उनलाई स्थानीय युवाहरुकाे भाषामा गल्लावालकाे रुपमा समेत चिनिन्थ्याे ।

बेलायतमै गएर आरामदायी जीवन बिताउन पाउने भए पनि उनी आफ्नै गाउँमा बसेर सामाजिक काम गर्दै आएका थिए ।

नेपाली कांग्रेस निकट रहेका उनी विसं २०५४ सालकाे स्थानीय निर्वाचनमा साविक खिदिमा गाविसकाे अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

निधन भएकै दिन उनकाे किराती परम्परा अनुसार अन्तिम संस्कार गरिएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्