Thursday, March 23, 2023

घटनाकाे छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।

घटनामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग चौतर्फी रुपमा उठेपछि छानविन गरेर दोषीलाई कारवाही गर्न सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

उनले घट्नामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिसकिएको जनाउँदै घट्नाको विस्तृत रुपमा छानविन गर्न समिति पनि गठन गरिएको बताए ।

छानविन समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेतलाई राखिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्