९८४१ जना काेराेनामुक्त, ६८५५ मा संक्रमण, ९६ काे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा नौ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो ।

हालसम्म चार लाख २८ हाजर ६७० जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ७८.१ प्रतिशत पुुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८५५ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ ।

मन्त्रालयले हाल एक लाख १३ हजार ३९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ९६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्