भियतनामा भेटियाे हावाबाटै सर्ने नयाँ काेराेना भाइरस

भियतनाममा भारत र बेलायतमा फेला परेका कोरोनाभाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट फेला परेको छ ।

त्यहाँ भेटिएकाे नयाँ भेरियन्टकाे काेराेनाभाइरस हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलने अधिकारीहरुले बताएका छन् ।

भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् ।

अहिलेसम्म कोरोना भाइरसका हजारौं म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु संक्रामक देखिएका छन् ।

स्वास्थ्य मन्त्री थान लङ्गले भनेका छन्, ‘भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ र यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको हो ।’

भियतनाममा पछिल्ला केही हप्तादेखि संक्रमण बढ्दो क्रममा छ । नयाँ हाइब्रेड भेरियन्ट देखिएपछि चिन्ता थपिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्