Thursday, March 23, 2023

हाेटलमा लगेर राउटे युवतीमाथि यौन दुर्व्यवहार

तत्काल कारवाही गर्न जनजाति महासंघको माग

टिकटक तथा युट्युबबाट चिनिएकी सम्झना शाही (राउटे)सहित दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाएर उनीहरुमाथि यौन दुर्व्यवहार गरिएको घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष जगत बरामले आज एक प्रेस विज्ञप्ति जारी गरी सो घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न माग गरेका छन् ।

सुर्खेतस्थित गुर्भाकोट नगरपालिका वडा नं ९ का होटल सञ्चालक मिलन पुन र सोही ठाउँका भूपेन्द्र बुढा मगरले सम्झना र गाजलु राउटेलाई होटलमा लगेर यौनजन्य दुर्व्यवहार गरिरहेको एउटा भिडियो भेटिएको छ । जसमा उनीहरु सबैले मादक पदार्थ सेवन गरिएको अनुमान गर्न सकिन्छ ।

महासंघले अलग जीवनपद्धतिसहित अलग रुपमा बाँच्दै आएका राउटे समुदाय र ती समुदायका युवायुवतीहरुको अनुमतिबेगर नै भिडियो खिच्ने, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा हाल्ने घटना बढिरहेको भन्दै सोको समेत नियन्त्रण तथा छानविन गर्न सरकारसँग माग गरेको छ ।

(सुरूमा हामीले उक्त भिडियाेमा अनुहार ब्लर गरी प्रकाशित गरेका थियाैं । तर पछि त्यसले पनि पीडितमाथि अप्ठेराे पर्न सक्ने परिस्थिति अनुमान गरी भिडियाे हटाएका छाैं । स.)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्