राउटे युवतीलाई होटलमा लगेर यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ

राउटे समुदायका युवतीलाई होटलमा लगेर यौनजन्य दुर्व्यवहार गर्ने तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर उनीहरुलाई मदिरा सेवन गराएर दुर्व्यवहार गरेको भिडियो सामाजिक संंजालमा भाइरल भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले उपलब्ध भिडियो र सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका वाड नं ९ का होटल संचालक २९ वर्षीय मिलन पुन, सोही ठाउँका २४ वर्षीय भुपेन्द्र बुढामगर र ३५ वर्षीय चमन घर्तीमगर  छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए ।

घुमन्ते जीवन बिताइरहेका राउटे समुदाय अहिले गुर्भाकोट नगरपालिका वडा नं ९ मा बस्दै आएका छन् ।

(गाेरखापत्र अनलाइनबाट)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्