७० वर्षीय वृद्धसँग खुट्टा ढाेकेरै माफ मागे वडाअध्यक्ष विष्टले

भोजपुरस्थित हतुवागढी गाउँपालिका वडा नं ४ खैराङका वडाअध्यक्ष चन्द्रबहादुर विष्टले स्थानीय ७० वर्षीय वृद्ध भक्तबहादुर राईसँग खुट्टा ढाेकेरै माफी मागेका छन् ।

वडाअध्यक्ष विष्टले गत जेठ १२ गते आफूलाई पैसा आउने काम दिन माग गर्ने राईलाई उच्चजातीय अहंकार देखाउँदै तल्लो स्तरमा झरेर अपशब्द प्रयोग गरेका थिए ।

विष्टले वृद्धलाई अमानवीय शैलीबाट अपशब्द गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

विष्टलाई किरात राई यायोक्खाको खैराङस्थित प्राकासले तत्काल निलम्बन गरी कारवाही गर्न माग गरेको थियो ।

काठमाडौं उपत्यकालगायत देशभरिका दर्जन बढी सामाजिक अगुवाहरुले समेत विष्टलाई फोन सम्पर्क गरेर तत्काल माफ माग्न चेतावनी दिएका थिए ।

विष्टले गत जेठ १६ गते एक प्रेस विज्ञप्ति जारी गरी वृद्धसँग भेटेरै माफ माग्ने बताएका थिए ।

नेकपा एमाले (ओली) समूहका स्थानीय नेता समेत रहेका विष्टले आफू ९० प्रतिशत राईहरुबाट निर्वाचित भएको क्षेत्री भएको घमण्ड देखाउँदै ‘यही बसेर मर न त’ भन्ने शब्द प्रयाेग गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्