राउटे बस्तीमा अन्य व्यक्ति जान रोक

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक लगाएको छ ।

राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाइएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

राउटे बस्तीमा कसैलाई आउजाउ गर्न नदिनका लागि २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बसिरहेका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने अनुमान गरिएकाे छ ।

टिकटक र युट्युबबाट चिनिएकी सम्झना शाही (राउटे)सहित दुई राउटे युवतीमाथि गुर्भाकाेट-९ स्थित एक हाेटलभित्र लगेर याैन हिंसा गरिएकाे भिडियाे भाइरल भएकाे थियाे ।

प्रहरीले उक्त भिडियाेमा देखिने चमनसिंह घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक मिलन पुनलाई पक्राउ गरी कारवाही अघि बढाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्