२ हजार ७०९ थपिए, ५ हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोनाभाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको हाे ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख चार हजार ३९६ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २० हजार ८१६ निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६७ जना सङ्क्रमितका्े मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म आठ हजार ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म ३१ लाख ९८ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्