पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको छ । दिउँसो १२ः०० बजेको समयमा घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्